शुक्रबार, पुष ११, २०८२

सुनचाँदीकै मूल्य घट्याे, आजकाे भाउ कति ?

नेपालखोज २०७८ पुष २२ गते ११:१४

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ५ सय रूपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५ सय रूपैयाँले नै घटेकाे छ । आज तेजाबी सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९२ हजार ३ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेकाे छ । आज चाँदी १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया