कांग्रेस नेता प्रदीप पौडेललाई निमोनिया
नेपालखोज
२०७८ पुष २२ गते १२:३६

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल निमोनियाबाट संक्रमित भएका छन् । उनलाई निमोनिया भएको पुष्टि भएपछि घरमै आराम गरिरहेका छन् ।
उनी कोरोनाबाट पनि संक्रमित भएका थिए । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा पौडेललाई निमोनिया पुष्टि भएको हो । महाधिवेशनलगत्तै पौडेलको घाँटीमा समस्या देखिएको थियो । स्वास्थ्यमा असहजता भएपछि परिक्षण गराउँदा निमोनियाँ देखिएको हो ।
कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए । उनी कृष्णप्रसाद सिटौला सहयोगमा देउवा प्यानलमा महामन्त्री प्रतिस्पर्धी त बन्न सके तर पराजित भए ।
महामन्त्रीमा पराजित भएपनि उनलाई देउवाले पहिलो चरणमा नै केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । सिटौला निकट मानिन्छन् पौडेल ।
सम्बन्धित

प्रतिक्रिया