एकै दिन थपिए ५४० संक्रमित, एकजनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २०९ जनाको पीसीआर परीक्षणमा ४७८ र ४ हजार ८९० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२ जनामा गरि कुल ५४० जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हाल ५ हजार ४३१ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ६०२ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट २७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख १३ हजार ४४७ पुगेको छ । निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, गत चौबीस घण्टामा देशभर थप १ लाख २० हजार ६५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया