मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रकोरूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ ।
यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शुल्क सहजरुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्ने छन् ।
मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहजरुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्ने छन् । यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोबारको लागि पटक–पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलील बताईन्।
सिइओ खुञ्जेलीका अनुसार अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेटका नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन् । मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा उनले खुसी व्यक्त गरिन ।
मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्णरूपले फरक प्रकारको वालेट हो । यो एपले पेमेन्ट कार्ड इण्डष्ट्री डाटा सेक्युरिटी स्टान्र्डड (पिसिआई डिएसएस) को नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको हुँदा यो एप सुरक्षित व्याक इण्ड प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ्ग प्रमुख बिश्व सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार मोको डिजिटल वालेट प्रयोगकर्ताहरूले युनिफाईड क्युआर पेमेन्टको समेत लाभ लिन सक्नेछन । यस सुविधामार्फत डिजिटल वालेट प्रयोगकर्ताहरू र मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले अली पे, नेपाल पे, युनियन पे, भिसा जस्ता विभिन्न डिजिटल प्याल्टफर्महरुमार्फत स्क्यान एण्ड पे प्रक्रियाको सहायताले रकमको भुक्तानी गर्न सक्नेछन् ।
मोको प्रयोगकर्ताहरूले प्रत्येक कारोवारको लागि रिवार्ड प्वाईन्ट प्राप्त गर्नेछन् भने संकलन भएको रिवार्ड प्वाईन्टहरू पछि मोकोको सहयोगीहरू र साझेदारहरूमार्फत आकर्षक उपहार तथा भौचरहरु रिडिम गर्न समेत प्रयोग गर्न सकिनेछ ।








प्रतिक्रिया