सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आन्शिकदेखि सामान्य बदली रहेको छ भने प्रदेश नं १ र प्रदेश नं २ का एक/दुई स्थानहरुमा हल्का वर्षा र हिमपात भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखी सामान्य बदली रही सबै प्रदेशहरुका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिकदेखी सामान्य बदली रहने छ भने प्रदेश १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेश का एक/दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया