उम्मेद्‌वारी दिनेको नाम ३ बजे सार्वजनिक गरिने

नेपालखोज २०७८ पुष २३ गते ११:१९

काठमाडौं । निर्वाचन आयोगले आज (शुक्रबार) राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेद्‌वारी दर्ता गराएकाको नामावली सार्वजनिक गर्ने भएको छ । आयोगले दिउँसो ३ बजेपछि उम्मेद्‌वारको नामावली सार्वजनिक गर्ने भएको हो ।

उम्मेद्‌वारी दिएका कसैविरुद्ध पनि उजुरी नपरेको आयोगको भनाइ छ । निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले मनोनयन दर्ता गरेका छन् ।

भोलि (शनिबार) उम्मेद्‌वारलाई आयोगले नाम फिर्ताको समयसीमा दिएको छ । आयोगले पुस २५ गते अन्तिम नामावली प्रकाशन गरी उम्मेद्‌वारलाई चुनाव चिह्‌न प्रदान गरिने कार्यसूची छ । राष्ट्रियसभा सदस्यको निर्वाचन भने माघ १२ गते हुँदै छ ।

प्रतिक्रिया