प्रदेश २ का सात जिल्लामा एमालेको अधिवेशन नहुने

नेपालखोज २०७८ पुष २३ गते १५:५४

काठमाडौं । प्रदेश २ को सात जिल्लामा एमालेको अधिवेशन नहुने भएको छ । आजबाट सुरुभएको जिल्ला अधिवेशनमा सप्तरीमा मात्र अधिवेशन हुने भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गरे । आवश्यक तयारी नपुगेपछि अधिवेशन बन्द गर्नु परेको जनाइएको छ । प्रदेश २ मा आठ जिल्ला छन् । सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा र रौतहटमा अधिवेशन कहिले हुने भन्ने टुंगो लागेको छैन् ।

सिरहामा २५ गते र पर्सामा २७ गते जिल्ला अधिवेशनको मिति तय भएको एमाले प्रदेश समितिले जनाएको छ । सप्तरीमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ ।

एमाले सप्तरीको जिल्ला अधिवेशन समारोह राजविराजमा हुँदैछ । अधिवेशनको उद्घाटन एमालेका सचिव रघुविर महासेठले गर्ने कार्यक्रम छ ।
अहिले एमाले सप्तरीका जिल्ला अध्यक्ष ताराकान्त चौधरी छन् । उनी दोस्रो संविधानसभामा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । चौधरीले दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा दाबी गरेका छन् ।

प्रतिक्रिया