एनआईबीएल एस क्यापिटलको लगानी सचेतना कार्यक्रम

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले लगानी सचेतना प्रदान गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्र्तक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम संचालन भएको हो ।
कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरे । समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत कार्यक्रममा छलफल भएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा प्र्रदेश नं २ वीरगञ्जमा एक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागीता रहेको थियो ।
यसअघि यस्तै अन्र्तक्रिया कार्यक्रम सुदूरपश्चिम प्रदेशको धनगढीमा र लुम्बीनी प्रदेशको नेपालगञ्जमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया