१५-१५ दिनमा कार्यसम्पादन रिपोर्ट बुझाउन विभागीय प्रमुखलाई शिक्षामन्त्रीको निर्देशन

नेपालखोज २०७८ पुष २३ गते १९:५६

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई १५–१५ दिनभित्रको कार्यसम्पादनको रिपोर्ट बुझाउन निर्देशन दिएका छन् ।

आज विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५– १५ दिनको कार्यसम्पादनको रिपोर्ट बुझाउन निर्देशन दिएका हुन् ।

‘एक हप्तामा गर्न सक्ने काम के-के हुन् टिपोर्ट गर्नुहोस्’ मन्त्री पौडेलले भने, ‘अर्को साता काम गरी नतिजा नस्किने गरी काम हुनपर्‍यो होइन भने कारण चाहियो ।’ मन्त्री पौडेलले ५०औंं वर्षदेखि अड्किएका फाइलहरुको विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशनसमेत दिए ।

साथै शिक्षा मन्त्रालयबाट गरिब, जेहेन्दार तथा असाहय विद्यार्थीलाई दिने छात्रवृत्ति नरोक्न विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । मन्त्रालयले बनाएको लक्ष्य पुरा गर्न कर्मचारीमा संकल्प, इच्छा शक्ति र सक्रियाता हुनपर्नेमा जोड दिँदै उनले देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो शिक्षा मन्त्रालय भएको बताए ।

प्रतिक्रिया