अबदेखि कामु प्रमुख कार्यकारीको भरमा बिमा कम्पनीहरु चलाउन नपाउने

नेपालखोज २०७८ पुष २३ गते २०:४०

काठमाडौं । बिमा कम्पनीहरुले अबदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको भरमा लामो समयसम्म बिमा कम्पनीहरु चलाउन नपाउने भएका छन् ।

बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितीले संस्थागत सुशासनसम्बन्धी नयाँ व्यवस्था जारी गर्दै यस्तो नीति कार्यान्वयनमा ल्याउन निर्देशन दिएपश्चात कामुको भरमा लामो समयसम्म कम्पनी चलाउन नपाईने भएको हो ।

नेपाली बिमा क्षेत्रमा अहिले जीवन बिमातर्फ १९ वटा, निर्जिवन बिमातर्फ २० वटा र पुर्नबिमातर्फ दुई वटासमेत गरी कुल ४१ वटा बिमा कम्पनीहरुले कारोबार सञ्चालन गर्दे आएको छ । यि सबै बिमा कम्पनीहरुको नाममा लागु हुने गरी संस्थागत सुशासनसम्बन्धी नयाँ व्यवस्था जारी गरिएको समितीले जानकारी दिएको छ ।

बिमा कम्पनीहरुले कार्यकारी प्रमुख बिनै दोस्रो वरियताको कर्मचारीलाई कार्यबाहक जिम्वेवारी दिएर लामो समयसम्म कम्पनी सञ्चालन गर्ने परिपाटी बसेको र यसलाई नियन्त्रण गर्नको लागि यस्तो व्यवस्था लागु गरिएको हो, समितीले भनेको छ ।

समितीका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपश्चात बिमा कम्पनीहरुले अबदेखि प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भए तीन महिनाभित्रै पदपूर्ति गरी नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसक्नु पर्नेछ ।

प्रतिक्रिया