प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटमा
नेपालखोज
२०७८ पुष २४ गते ११:४२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालकोटमा भेटघाट जारी छ । प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग भेटघाट गर्न आज (शनिबार) बिहानै भक्तपुरको बालकोट पुगेका हुन् ।
प्रतिपक्षी दल एमालेले लगातार संसद् अवरोध गरिरहेको अवस्थामा भएको यस भेटघाटलाई चासोका साथ हेरिएको छ । सत्तारुढ गठबन्धनको हिजो (शुक्रबार)बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा एमालेसँग घनिभूत छलफल गर्ने निर्णय गरेको थियो ।
गठबन्धनको बैठकमा छलफल गर्ने जिम्मा पाएका प्रधानमन्त्री देउवा आज बिहानै ओलीसँग पुगेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया