राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन सम्पन्न भएको छ । अध्यक्ष शुक्र बहादुर गुरुङको सभापतित्वमा पार्टीले पुस २४ गते शनिवार काठमाडौको धुम्वारीहीस्थित कार्की पार्टी प्यालेसमा विशेष अधिबेशन सम्पन्न गरेको हो ।

अधिवेशनले गुरुङकै अध्यक्षतामा ४२ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । नयाँ कार्यसमितीमा अध्यक्षमा शुक्र बहादुर गुरुङ, बरिष्ठ उपाध्यक्षमा नवराज घले, उपाध्यक्षमा बुद्धि बहादुर गुरुङ, महामन्त्रीमा तोरण बहादुर कर्माचार्य, महामन्त्रीमा भक्त बहादुर थापा, सहमहामन्त्रीमा सागर कार्की र सचिवमा आनन्द थापा रहेका छन् ।

त्यसैगरी केन्द्रिय सदस्यहरुमा ठानिश्वर रिजाल, घनराज तामाङ, सञ्जय कुमार श्रेष्ठ, एलिजा बस्नेत, दोङसाङ तामाङ, रिता सुनार, सावित्री थापा, लाक्पा तामाङ, सरोज कार्की, विनोद बहादुर थापा, भक्तबहादुर बिष्ट, मेख बहादुर सुनार, शिवबहादुर विश्वकर्मा, झयन्द्र कुमार अधिकारी, जयराम श्रेष्ठ, सुशिला जिरेल, सजना थापा, कमल प्रसाद खरेल, आयुष परियार, उत्तम तामाङ, कमलप्रसाद पौडेल, लवराम गुरुङ, ध्यानेन्द्र विक्रम शाही, लक्ष्मण सुनार, विमला सुनार, जया थापा, सुरेशकुमार मण्डल, नरबहादुर मण्डल, कमला पाण्डे, कविता घले, तारादेवी बस्नेत र महिन्द्र परियार रहेका छन् ।

विशेष अधिबेशनको समुद्धघाट्नका क्रममा अध्यक्ष गुरुङले राष्ट्रिय नागरिक पार्टी वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाउँदै गरेको पार्टी भएको र यसले नेपाली राजनीतिमा नेपाली कांग्रेस, कम्युनिष्ट पार्टी र माओवादी पार्टीहरुले गरेका बेथितीहरुलाई रोक्ने उद्देश्य लिएको बताए ।



प्रतिक्रिया