चित्रबहादुर केसीले भने– भारतले नेपाली भूमिमा बनाउन लागेको संरचना तत्काल रोकोस्

नेपालखोज २०७८ पुष २५ गते १३:०३

काठमाडौं । लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट भएको सडक विस्तारको काम रोक्न राष्ट्रिय जनमोर्चाले सारकारसँग आग्रह गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपालको भूमिमा निर्माण कार्य गरेकाले भारत सरकारसँग छलफल गरेर तत्काल रोक्नुपर्ने बताएका छन् ।

सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा घोर विरोध गरेको सत्तारुढ दलले नै बताएको हो । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा छन् । जनमोर्चा कै तर्फबाट सरकारलाई खबरदारी गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्ड राज्यको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पु¥याउनका लागि लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भई रहेको बताएका थिए । मोदीको उक्त भाषणपछि जनमोर्चाले गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया