मंगलबार, वैशाख १६, २०८२

डीसीओ पराजुलीले नेपाल लाइफको छवी अझै बलियो बनाउने

नेपालखोज २०७८ पुष २५ गते १३:४९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । आज (आइतबार) बाट पराजुलीले सिनियर डीसीओको कार्यभार सम्हालेका हुुन् ।

पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधार मान्दै थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताएका छन् । संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको बताएका छन् । ‘अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सुचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती छ’, नवनियुक्त सिनियर डीसीओ पराजुलीले बताए ।

पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका थिए

प्रतिक्रिया