गभर्नर अधिकारी अर्थमन्त्री शर्मालाई असफल बनाउन लागि परेको आरोप

नेपालखोज २०७८ पुष २५ गते १७:०१

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) सांसद् अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागि परेको आरोप लगाएका छन् । सांसद् मोदीले विभिन्न समाचार माध्याममा आएको समाचारलाई उधृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेतासमेत रहेका अर्थमन्त्री शर्मालाई असफल बनाउन प्रयास गरिरहेको बताए ।

आज सिंहदरवारमा आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले माओवादीबाट मन्त्री बनेका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंकले खोजेको समाचार बाहिर आएको भन्दै सत्य के हो ? भनि गभर्नर अधिकारीसँग प्रश्न गरे ।

सांसद् मोदीले पहुँचवालालाई बैठकले ऋण दिने तर सर्वसाधारणलाई ऋण नदिने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गरे । यता, जवाफमा गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई असफल बनाउन आफू लागेको भन्ने सांसद् मोदीको भनाई गलत भएको बताए ।

उनले व्यूरोक्रेट्सहरुले, संस्था चलाउनुपर्ने व्यक्तिहरुले त्यस्तो खालको सोचाई कहिल्यै नराख्ने तर्क समेत गरे । गभर्नर अधिकारीले अर्थ मन्त्रालय र आफूबीच हरेक काममा तादम्यता नहुने भन्ने कुनै नहुने बताए । गभर्नर अधिकारीले आफूहरुले बुझाउन नसकेको कारणले गर्दा पनि मिडियाहरुले मन्त्री शर्मा र आफूबीच मतभेद रहेको भनेर गलत समाचार बनाएको दाबी समेत गरे ।

प्रतिक्रिया