सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । कम्पनीसंग सम्वद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज गराउन स्वास्थ्य सम्वन्धी आवश्यक सहयोग पु¥याउने उद्देश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर सुविधा अन्तर्गत ओम हस्पिटलसंग सम्झौता गरेको व्यहोरा जानकारी गराएको छ ।
उक्त सम्झौताअनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्ने छन् ।
सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका थिए भने उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, अस्पतालका व्यवसाय विकास व्यवस्थापक बिनोद अधिकारी र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सम्झौताले कम्पनीसंग आवद्ध सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको र आगामीदिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दे जाने योजना रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया