विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय, सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य

नेपालखोज २०७८ पुष २५ गते १९:१२

काठमाडौं । कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आज बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

विद्यालय बन्द गर्न सिफारिस गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले जनाएको छ । बैठकले गरेको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय बैठकले गरेको छ ।

बैठकले माघ ३ गतेदेखि सार्वजनिक स्थान जस्तै होटल, रेष्टुरेन्ट, सिनेमा हल, सपिङ मलमा जानका लागि अनिवार्य कोभिड खोप कार्ड अनिवार्य देखाउनुपर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया