शनिबार, जेठ ४, २०८२

विश्वमा कोरोना संक्रमण बढ्दो, अहिलेसम्म ५५ लाखभन्दा धेरैको मृत्यु

नेपालखोज २०७८ पुष २६ गते १०:५३

काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ लाखबढी पुगेको छ । संक्रमणका कारण अहिलेसम्म ५५ लाख ५ हजार बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वमा १८ लाख ४८ हजारबढी मानिसमा संक्रमण भएको छ । २४ घण्टाको अवधिमा अमेरिकामा ३ लाख ६ हजार कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै भारतमा १ लाख ८० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । विश्वमा अहिलेसम्म ३० करोड ७८ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । २५ करोड ९५ लाखभन्दा बढी निको भएको तथ्यांक छ ।

प्रतिक्रिया