सीसीएमसीको सिफारिस सदर, माघ १५ गतेसम्म विद्यालय बन्द
नेपालखोज
२०७८ पुष २६ गते १२:१७

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सीसीएमसीको निर्णयलाई सदर गरेको छ । आज बसेको मन्त्रालयको बैठकले सीसीएमसीले गरेको सिफारिस सदर गरेको हो ।
आइतबार बसेको सीसीएमसी बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले गरेको निर्णयको समर्थन गर्ने निष्कर्षमा मन्त्रालय पुगेको जनाइएको छ ।
बढ्दाे महामारीलाई नियन्त्रण गर्न विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सीसीएमसीले सिफारिस गरेको थियो । तेस्रो लहरको कोरोना संक्रमण फैलिन नदिन विद्यायहरु बन्द गरिएको बताइएको छ । बढ्दाे महामारीलाई नियन्त्रण गर्न सीसीएमसीले १३ बुँदे निर्णयहरु सार्वजनिक गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया