आनन्दराज बतासको चरित्रहत्या नगरौं : कमल थापा

नेपालखोज २०७८ पुष २६ गते १२:४३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले बतास समूहको बचाउ गरेका छन् । थापाले समाजिक सन्जालमार्फत बतास समूहका प्रमुख आनन्दराज बतास मिलनसार व्यक्ति भएको बताएका छन् ।

थापाले बतासको चरित्रहत्या भइरहेको बताए । उनले बतास संघर्षबाट आजको स्थानसम्म पुगेको स्पष्ट पारेका छन् । उनले आध्यात्मिक र सफल उद्यमीको रुपमा बतासलाई चित्रण गरेका छन् । उनले आन्नदराजलाई सामान्य अवस्थाबाट चिनेको स्पष्ट पारे ।

थापाले लेखेका छन्, ‘अहिले चौतर्फी हमला भइरहेको छ । भित्रि रहस्य थाहा छैन् । मैले चिनेको आनन्द बतास सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएका मिलनसार व्यक्ति हुन । उनीबाट कानून उल्लंघन भएको छ भने कानूनी कारवाही गरिनुपर्छ । चरित्रहत्या गर्नु ठीक होइन ।’

प्रतिक्रिया