अर्थमन्त्री शर्माकाे आरोप : बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिए

नेपालखोज २०७८ पुष २६ गते १८:२६

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिएको आरोप लगाएका छन् ।

सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)को दोस्रो वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले कोरोना महामारी जस्तो संकटमा समेत बैंकहरु बढी नै मुनाफा कमाउन मात्रै ध्यान दिएको बताए । मन्त्री शर्माले संकटको समयमा पनि बढी नै नाफा कमाउनुपर्छ भन्ने मानसिकता राख्न नहुने बताए ।

बैंकहरु जनताको निक्षेपमा मात्रै भर नपरी संकटको बेला सबै बच्न सक्ने उपायहरु पनि अपनाउन जरुरी रहेको बताए । उनले बैंकहरुले संकटको समयमा पनि उद्योगी व्यवसायीहरुलाई मार पर्ने गरी ८ प्रतिशतबाट ब्याज ११ प्रतिशत पुर्‍याउन राम्रो नभएको गुनासो गरे ।

नेपालमा संकटको अवस्थामा पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति मूख्य समस्या रहेको त्यसको अन्त्य गर्न जरुरी रहेको बताए । मन्त्री शर्माले को उद्योगी को व्यवसायी र को बैंर्कर छुट्याउन गाँह्रो भएको टिप्पणी बताए ।

अर्थमन्त्री शर्माले अब मुलुकले कुनैपनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताए । उनले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको बताए । लकडाउनको कारण अहिले आर्थिक क्षेत्र प्रभावित भएको भन्दै मन्त्री शर्माले अब फेरी पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताए । उनले अब लकडाउन नभएर उचित रुपमा सुरक्षाका उपायहरु अपनाएर अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।

त्यस्तै अर्थमन्त्री शर्माले अहिले बाहिर हल्ला भए जस्तो अर्थतन्त्र संकटतर्फ उन्मुख नभएको बताए । उनले अर्थतन्त्रमा धेरै चुनौतीहरु रहेको तर संकट भने नरहेको बताउनुभयो । मन्त्री शर्माले अहिले बजारले तरलताको समस्या भोगिरहेको बताए । उनले माघ महिनाभित्र तरलता अभावको समस्या समाधान हुने बताउनुभयो । तरलता समस्या समाधान गर्नको लागि सरकारले काम गरिरहेको समेत बताए ।

त्यस्तै अर्थमन्त्री शर्माले बेमौसमी वर्षाका कारण ७ प्रतिशतको आर्थिक वृद्धि हुनेमा शंका उत्पन्न भएको बताए । उनले सरकारले लक्ष्य लिए अनुसार आर्थिक वृद्धि गर्ने कुरामा लागि रहेको बताए । उनले चालु आर्थिक वर्षमा पुँजीगत खर्च कम भएको स्वीकार गरे ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सबै निकायको गल्तीका कारण अहिले तरलता अभाव भएको बताए । उनले अहिले तरलताको मुख्य कारण पुँजीगत खर्च निकै कम हुनु रहेको बताए । गौल्छाले उद्योगीले उत्पादनमुलक उद्योगमा लगानी बढाउनु नसक्नु कस्ट अफ डुइङको भएको बताए ।

अध्यक्ष गोल्छाले तरलता राज्यको समस्या भएको भन्दै योसमाधान नभए राज्य नै असफल हुने बताए । सरकारले तरलता समस्याको समाधान नगरे केही महिनामा औषधिसमेत किन्न नसक्ने अवस्था आउन सक्ने बताए ।

प्रतिक्रिया