शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोभिड संक्रमण

नेपालखोज २०७८ पुष २६ गते १९:३३

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड संक्रमण भएको पुष्टि भएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रेस संयोजक विमल खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

मन्त्री पौडेल हाल होम आइसोलेसनमा बसेका छन् । यसबीचमा उनको सम्पर्कमा रहेका सबै जनाले सजगता अपनाउँदै कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न उनको सचिवालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया