शनिबार, वैशाख १५, २०८१

पानी किन र कति पिउने ?

नेपालखोज २०८० जेठ ९ गते ५:४०

स्वस्थ रहन शरीरमा पानीको सन्तुलन कायम राख्नु अति आवश्यक छ । जब हामी कम पानी पिउँछौं तब हाम्रो शरीरले संकेत दिइहाल्छ कि हाम्रो शरिरमा पानीको कमि छ । जब हाम्रो शरीर डिहाइड्रेड हुन्छ तब हामीलाई संवत् तिर्खा स्वत । यसले टाउको दुख्ने , थकान जस्ता समस्या पनि सृजना गर्न सक्छ । कम पानी पिउँदा हाम्रो पिसाबको रङ पहेँलो हुन्छ भने धेरै पसिना बग्दा वा व्यायाम गर्दा शरीरमा पानीको कमी हुन सक्छ ।

डिहाइड्रेसनले मोटोपन मधुमेह, क्यान्सर र मुटुसम्बन्धी रोग पनि निम्त्याउन सक्छ । यो कुनै पनि उमेरमा हुन सक्छ । त्यसैले हामिले नियमित रुपमा दिनभर पर्याप्त पानी पिइरहनुपर्छ । शरिरलाई डिहाइड्रेड हुन नदिन सादा पानी मात्र पिउनुपर्छ भन्ने छैन । त्यसको सट्टा ताजा जुस वा अन्य तरल पदार्थ पनि सेवन गर्न सकिन्छ । यसले शरीरमा तरल पदार्थको स्तर कायम राख्न पनि मद्दत गर्छ ।

कम पानी पिउँदा देखा पर्ने साइड इफेक्टहरू

कब्जियत

कम पानी पिउँदा त्यसले कब्जियतको समस्या निम्त्याउन सक्छ । शरिरमा कम पानी छ भने खाना राम्रो सँग पच्दैन र शौचमा पनि कठिनाइ निम्तिन्छ । त्यसैले खाना खानुभन्दा आधा घण्टा अगाडि र खाना खाएको आधा घण्टापछि पानी पिउनु पर्छ । यसले धेरैजसो पाचन समस्या समाधान गर्छ ।

मृगौलामा समस्या

मृगौलाले हाम्रो शरीरको अशुद्धता हटाउने काम गर्छ भने पानीको कमीले मृगौलाको कामलाई असर गर्छ । यसका साथै मृगौलामा पत्थरी हुने खतरा पनि बृद्धि हुन्छ, त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुपर्छ ।

पिसाब नलीको संक्रमण

डिहाइड्रेसनले पिसाब नलीमा संक्रमण निम्त्याउन सक्छ । पानीले हाम्रो शरीरलाई भित्रबाट सफा गर्छ भने पिसाबको माध्यम बाट शरीरको अशुद्धता बाहिर निस्कन्छ । त्यसैले उचित मात्रामा पानी पिइएन भने पिसाबको इन्फेक्सन हुने खतरा हुन्छ ।

सुख्खा छाला

धेरै मानिसहरु चम्किलो र सुन्दर छालाका लागि अनेकन उपाय अपनाउँछन् तर नियमितरुपमा पानी पिउने कुरामा ध्यान दिदैनन् । पानीको कमीले छालालाई सुख्खा र निर्जीव बनाउँछ । आफ्नो छाला हाइड्रेटेड र चम्किलो राख्न सबैभन्दा पहिले प्रशस्त पानी पिउनुपर्छ।

मस्तिष्कको क्षमता

कम पानी पिउँदा हाम्रो ऊर्जा स्तर घटछ र त्यसले मस्तिष्कको काम गर्ने क्षमतालाई प्रभावित तुल्याउँछ । यसले हाम्रो मूड बिग्रन्छ, एकाग्रता गुम्छ अनि टाउको दुख्न सक्छ । यसले दिनभरको कामलाई असर गर्न सक्छ । जब शरीरमा पानीको स्तर राम्रो हुन्छ तब शरीरका हानिकारक विषाक्त तत्वहरू सजिलै बाहिर निस्कन्छन् र यसले मानिसको उमेर र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

कति पानी पिउने ?

दिनमा २-३ लिटर अर्थात् ८-१२ गिलास पानी पिउनुपर्छ । यसले शरीरमा डिहाइड्रेसन हुँन दिँदैन । पानीको स्थानमा हामि जुस, सूप वा अन्य तरल पदार्थ सेवन गर्न सक्छौं । यसैगरी चिया वा कफीले शरीरमा क्याफिन पैदा गर्छ र क्याफिनको मात्रा बढ्दा शरीर डिहाइड्रेड हुन सक्छ ।

प्रसस्त पानी पिउँदा क्यालोरी बर्न हुन्छ जसले वजन घटाउन मद्दत गर्छ ।

बिहान खाली पेटमा २ गिलास मनतातो पानी पिउँदा पेटसँग सम्बन्धित समस्या जस्तै कब्जियत ( अपच आदि हुँदैन र पेट पनि सफा रहन्छ । मनतातो पानी पिउन सकिदैन भने तामाको भाँडामा राखिएको पानी वा पानीमा कागती र मह मिसाएर पिउन सकिन्छ । खानाको साथमा पानी पिउनु उपयुक्त होइन् । खानासँगै पानी पिउनुहुँदैन । यसले खानाको पाचन प्रक्रियालाई सुस्त बनाउँछ। यदि पानी पिउनु छ भने दुई /चार घुटको मात्र पिउनुपर्छ ।

भनिन्छ उभिएर पानी पिउँदा स्वास्थ्यलाई हानी पुग्छ । यसले जोर्नी दुख्ने समस्या निम्त्याउन सक्छ । त्यसैले बसेर पानी पिउनुपर्छ । एकैपटक धेरै पानी पिउनु हुँदैन बरु थोरै-थोरै चुस्की लिदै पानी पिउनुपर्छ । एकैचोटि धेरै पानी पिउँदा शरीर भारी हुने चक्कर लाग्ने, निद्रा लाग्ने आदि हुन सक्छ ।

सबै मानिसले समान मात्रामा पानी पिउनुपर्छ भन्ने होइन । यो प्रत्येक मानिसक‍ो शरीरमा निर्भर गर्छ । यसमा मानिसको खानपान, जीवनशैली, मौसमले पनि भूमिका खेल्छ । हामी कहाँ बस्छौं, कति तापक्रममा काम गर्छौ, कुन परिवेशमा रहन्छौ, कति सक्रिय रहन्छौ जस्ता कुरादेखि हाम्रो स्वास्थ्य, गर्भावस्था आदिमा पनि पानीको मात्रा निर्भर हुन्छ । यी अवस्थाहरू अनुसार शरीरलाई आवश्यक पानीको मात्रा पनि फरक हुन सक्छ

ध्यान पुर्याउनुहोस्

१ पानीको मात्रा आफू बस्ने ठाउँमा निर्भर गर्छ । तातो, आर्द्र वा सुख्खा ठाउँमा बस्नेहरुले शरीरलाई हाइड्रेड राख्न प्रसस्त पानी पिउनुपर्छ ।

२ खानपानका हिसाबले पनि पानी पिउनुपर्छ । कतिपय मानिस दिनमा धेरै पटक चिया वा कफी पिउँछन् । यसले हाम्रो शरीरमा क्याफिनको मात्रा बढाउँछ । यसले निर्जलीकरणको जोखिम समेत बढाउँछ । तैलिय वा मसालेदार खाना खाइएको छ भने पनि सामान्यभन्दा बढि पानी पिउनुपर्छ ।

३ दिनभर सक्रिय हुनेहरुले पनि प्रसस्त पानी पिउनुपर्छ । यसका लागि मात्रा नै तय गर्नु पर्दैन यद्यपि तिर्खा लाग्दा प्रशस्त पानी पिउनुपर्छ ।

४ कहिलेकाहीँ पानीको मात्रा मौसम र तापक्रममा पनि निर्भर हुन्छ किनभने उच्च तापक्रम वा व्यायामका कारण धेरै पसिना बग्छ र यसले शरीरमा निर्जलीकरणको (डिहाइड्रेसन) समस्या निम्त्याउन सक्छ ।

५ गर्भावस्था वा स्तनपानको समयमा पनि प्रसस्त पानी पिउनुपर्छ ।

एजेन्सी

प्रतिक्रिया