काठमाडौं र भक्तपुरका बालबालिकालाई आजदेखि फाइजर खोप

काठमाडौं । उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई आज (मंगलबार) देखि फाइजर खोप लगाइने भएको छ । भक्तपुरमा भने दुई दिनअघि देखि खोप लगाउन सुरु भईसकेको छ ।
बालबालिकाकालाई खोप लगाउन विद्यालयमै खोप केन्द्र निर्धारण गरिएको छ । विभिन्न स्थानीय तहले विद्यालयसँग समन्वय गरेर खोप केन्द्र निर्धारण गरेका छन् ।
काठमाडौ जिल्लामा लगभग २ लाख ७० हजार बालबालिकाले खोपको सुविधा पाउनेछन् । यसअघि ५७ जिल्लाका बालबालिकालाई विभिन्न खोप केन्द्रमार्फत मोडर्नाको पहिलो खोप लगाइसकिएको छ ।
२० जिल्लामा बालबालिकालाई फाइजर खोप लगाउने भनिए पनि तत्काल काठमांडौ, ललितपुर, भक्तपुर र काभ्रेमा थालिएको हो । तत्काल खोप लगाउन तोकिएका जिल्लामा चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलाली छन् ।

प्रतिक्रिया