‘राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुनै सक्दैन’
नेपालखोज
२०७८ पुष २७ गते १०:५५

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज (मंगलबार) दिउँसो सिंहदरबारको मूल गेट अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् । राष्ट्रिय एकता दिवसका अवसरमा शाह आज दिउँसो साढे १२ बजे पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्नेछन् ।
दिवसको अवसरमा पूर्वराजा शाहले देशमा जनताले सास्ती पाएको र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बनेको जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै शाहले अहिलेको तन्त्रमा व्यर्थको अभ्यास गरेर समय बर्बाद गर्न नहुने जनाएका छन् ।
उनले विज्ञप्तिमा राष्ट्रको कीर्ति र जनताको सुख बाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने जनाएका छन् । देशको अस्तित्व समेत संकटमा परेको यस स्थितिमा राष्ट्रिय एकता एवं दिव्योपदेशको महत्त्व बढेको उनको भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया