नेकपा एसका अध्यक्ष नेपाललाई कोरोना
नेपालखोज
२०७८ पुष २७ गते १५:२२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाललाई कोरोना संक्रमण भएको उनको सचिवालयले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ । नेपालले सोमबार एक सूचना जारी गर्दै पार्टीका कार्यक्रम स्थगित गर्न निर्देशन दिएका थिए । उनले पार्टीले गर्ने सबै खालका कार्यक्रम केही समय रोक्न अनुरोध गर्दै सूचना जारी गरे ।
सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि कोरोना पुष्टि भइसकेको छ । शुक्रबार मात्र अध्यक्ष नेपाल र प्रचण्डको बालुवाटारमा भेट भएको थियो । उनीहरुले राष्ट्रियसभा चुनावको विषयमा घनिभूत छलफल गरेका थिए । सो बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवालाई भने कोरोना संक्रमण नभएको सचिवालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया