उपत्यकामा अब २५ जनाभन्दा बढी भेला हुन नपाइने (आदेशसहित )

नेपालखोज २०७८ पुष २७ गते १६:४४

काठमाडौं । काठमाडौं उपत्यकाका सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । आज बसेको उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बढ्दै गइरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न भन्दै भेला हुन रोक लगाएको हो ।

आजको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाउने निर्णय गरेको छ । यसअघि सोमबार गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जना बढी भेला हुन नपाइने भन्दै सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र पठाएको थियो ।

आइतबार बसेको सीसीएमसीको बैठकले १३ बुँदे निर्णय गरेको थियो । सोमबार नै शिक्षा मन्त्रालयले बैठक बसेर सीसीएमसी बैठकको सिफारिसलाई सदर गरेको थियो । विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्दे निर्णय भइसकेको छ । अब स्मार्ट लकडाउनतर्फ अग्रसर हुने स्वास्थ्य मन्त्रालयले स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया