सिटिजन्स बैंकको प्रिभिलेज काउन्टर पाेखरामा

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई छिटो, छरितो, झन्झट मुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, कमलादी काठमाण्डौं, लुम्बिनी प्रदेशको कालिकानगर, प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड, र प्रदेश नंं.२ को राजविराज शाखामामा रहेको प्रिभिलेज काउन्टरबाट ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले देशभर फैलिएका १७४ शाखा, १२३ एटीएम र ९० वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब १३ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दे आएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटल्ली प्रदान गरिरहेको छ । यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ ।
कोभिड १९ को त्रास अझैपनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरूलाई सकेसम्म बैंकमा नआईकनै बंैकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकमा बचत खाता सञ्चालन गर्दै ग्राहकहरूलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डिम्याट तथा आस्वा सेवा, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाएको जानकारी दिएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया