माछापुच्छ्रे बैंकले गर्यो प्रहरी वृत्त लैनचौरलाई तीन थान सडक ब्यारीगेट हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका वाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोहृखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद खनालको पनि उपस्थिति रहेको थियो । बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ वटा शाखाहरु र १५७ शाखारहित बैंकिङ सेवा, ६ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढी ग्राहकहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया