बिहीबार, वैशाख १३, २०८१

अनलाइन कक्षाका लागि सस्तो फोन

नेपालखोज २०७८ असार २६ गते १२:०३

काठमाडौं । बंगलादेशको चर्चित मोबाइल फोन सिम्फोनी नेपाली बजारमा आएको छ । बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोन सिम्फोटेक प्रालिले नेपाली बजारमा ल्याएको हो ।

सिम्फोनीका ६ वटा मोडलका स्मार्टफोनहरु कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ । कम्पनीले सिम्फोनी Z-18, Z-28, Z-32, Z-30Pro र Z-40 स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले नेपाल मा ल्याएका फोनहरु अन्तर्राष्ट्रिय गुणस्तर र नविनतम प्रविधि, आधुनिक र युवा मैत्री डिजाइनका साथै अहिलेको अवस्थामा अनलाइन कक्षाका लागि उपयुक्त विशेषताहरु सहितका रहेका छन् ।

सस्तोमा पाइने यि फोन अनलाइन कक्षाका लागि उत्कृष्ट रहेका छन् । जसमा फोटोग्राफीको लागि ड्यूल र ट्रिपल क्यामरा सेटअप रहेको छ । कम्पनीका सेल्स तथा मार्केटिंग म्यानेजरद्वय राजेश चालिसे तथा गोबिन्द बस्यालले नेपाली बजारमा सिम्फोनी ब्राण्डका उत्कृष्ट मोबाइल फोनहरु ग्राहकहरुलाई सूपथ मूल्यमा उपलब्ध गराईने बताए ।

‘हामीले पहिलो पटक बंगलादेशको नम्बर १ ब्राण्डको मोबाइल फोन नेपाली बजारमा ल्याएका छौं । यो ब्राण्डका फोनहरुमा प्रिमियम फिचर राखिएको छ भने अहिलेको युवा पुस्तालाई आकर्षित गर्ने किसिमको रहेको छ । हामीले यी फोनहरु अविश्वनीय मूल्यमा उपलब्ध गराउने छौं,’ सेल्स तथा मार्केटिंग म्यानेजरद्वयले बताए ।

उनीहरुले सिम्फोनीका मोबाइलहरु बिक्रीपछि पनि चाहिने सर्भिसलाई समेत उच्च प्राथमिकतामा राखेको बताए । ग्राहकले कम्पनीबाट मोबाइल, ब्याट्री तथा चार्जरमा १ बर्षे वारेन्टी पाउनेछन् ।

सार्वजनिक गरिएका सिम्फोनी Z-40(4/64) र Z-30pro(4/64) को बजार मूल्य रु. १६,४९९/- सिम्फोनी Z-32(3/32) र Z-28(3/32) को बजार मूल्य रु. १३,४९९/- र १२,९९९/- तथा सिम्फोनी Z-18(2/32) को बजार मूल्य रु. ११,७९९/- राखिएको छ ।

आगामी दिनमा कम्पनीले सिम्फोनी ब्राण्डका फिचर फोनहरुका साथै थप मोडलहरु ल्याउने तयारी समेत गरेको जनाएको छ ।

प्रतिक्रिया