शुक्रबार, जेठ ३, २०८२

शाओमीको आधिकारिक स्टोर अब बनेपा र बालाजुमा

नेपालखोज २०७८ पुष २८ गते १:००

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पौष २१ गते बुधबार बनेपा–६ को गोदामचोकमा आफ्नो नयाँँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि सोमबार बालाजु, नयाँँ बसपार्कको बिजि मलमा पनि आफ्नो नयाँँ स्टोर खोलेको हो । शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्य पुरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, ‘यी नयाँँ स्टोरहरु खुले पछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँगसँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पुरा हुनेछ । हामीलाई आशा छ, हाम्राग्राहकहरु हाम्रो यी नयाँँ स्टोरहरुमा आउनु हुनेछ र हाम्रो नयाँँ–नयाँँउत्पादनहरु मन पराउने छन् ।’

यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ । यो नयाँँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् ।

यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुन्छ । जसको फलस्वरुप शाओमिको ग्राहकहरुले थुप्रै फाईदाहरु लिन सक्नेछन् । रिटेल प्रकृयाको हरेक चरणमा उनिहरुले ब्रान्डसँग सिधै अन्तरक्रिया गर्न पाउने छन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुनेछ ।

प्रतिक्रिया