शनिबार, जेठ ४, २०८२

डब्लूएचओले भन्याे- ८ साताभित्र युरोपको आधा जनसंख्यामा कोभिड फैलिन सक्छ

नेपालखोज २०७८ पुष २९ गते ८:१०

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन् ।

भाइरस पश्चिमा देशहरुबाट बाल्कन्सतर्फ फैँलिदै गर्दा युरोप र मध्यएसियाली देशहरु तीव्र चापमा परेको उनले बताए । रासस/एपी

प्रतिक्रिया