ललिता निवास जग्गा प्रकरणमा सरकार संलग्न रहेको रावलको आशंका

नेपालखोज २०७८ पुष २९ गते १३:१४

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले बालुवाटारको ललिता निवाससम्बन्धी जग्गाको विषयलाई सामसुम पार्न सरकार लागेको आशंका गरेका छन् । उनले आज सामाजिक सन्जालमार्फत सरकारको उपस्थिति देखिए सरकार अपराधको मतियार बन्ने बताए ।

प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको उक्त जग्गा प्रकरणसम्बन्धी फाइल प्रहरीलाई नै फिर्ता गरिएपछि नेता रावलले आपत्ति जनाएका हुन् । रावलले लेखेका छन्, ‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।’

प्रतिक्रिया