नेपाल समाज केन्द्रलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बानेश्वरको संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई सहयोग स्वरुप खाद्य सामग्री प्रदान गरेको छ । केन्द्रको कार्यालयमा आयोजित समारोहकाबीच बानेश्वर शाखाका शाखा प्रबन्धक विकास रावलले खाद्य सामग्रीहरु केन्द्रका प्रमुख कृष्णबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
समाज केन्द्रले हाल ४० अनाथ बालबालिकाको संरक्षण गर्दै आएको छ । कार्यक्रममा केन्द्रका प्रमुख गुरुङले बैंकले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरे । उनले यस किसिमको सहयोगले बालबालिकाहरु उत्साही भएको पनि बताए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बैंकले जनाएको छ ।
बैंकले प्रदेश १ मा ५, प्रदेश २ मा १५, वाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णलीमा २ र सुदूरपश्चिममा १७ गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई-कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।
प्रतिक्रिया