पश्चिमी वायूको प्रभाव, देशभर आंशिक बदली रहने, तराईमा हुस्सु र कुहिरो

नेपालखोज २०७८ पुष ३० गते ६:३६

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंकिश बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । त्यस्तै आज राति देशभर आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया