लिपुलेकबारे सरकारको मौनता अस्वभाविक : विवेकशील साझा

नेपालखोज २०७८ पुष ३० गते १४:१७

काठमाडौं । विवेकशील साझा पार्टीले लिपुलेकबारे सरकार मौन रहेको भन्दै आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र नेपाल सरकारको अस्वाभाविक मौनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक नेपाल सरकारको मौनता र लाचारी पनि रहेको विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कूटनीति निःसन्देह आवेग र उत्तेजनाको विषय हैन । तर अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया