सुनचाँदीकै मूल्यमा सामान्य गिरावट, आजकाे भाउ कति ?
नेपालखोज
२०७८ माघ २ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रूपैयाँले नै घटेकाे छ । आज तेजाबी सुन ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजाबी सुन ९२ हजार २ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेकाे छ । आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया