मंगलबार, असार १०, २०८२

सुनचाँदीकाे मूल्य सामान्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ माघ ३ गते १०:४७

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला १ सय रूपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ सय रूपैयाँले नै बढेकाे छ । आज तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजाबी सुन ९१ हजार ९ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया