रामकुमारी झाँक्रीले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । आज उनले मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।
उनले सहरी विकास मन्त्रालयको जिम्मा पाएको १०० दिनमा प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । असार अन्तिम साता प्रधानमन्त्री बनेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले असोज २२ गते मन्त्रीपरिषद् विस्तार गरेका थिए । १६ मन्त्री र २ राज्यमन्त्री मन्त्रीमण्डलमा समावेश हुँदा झाँक्री नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकी थिइन् ।
नेकपा एमालेबाट एकीकृत समाजवादी बनेपछि उनले मन्त्री बन्ने मौका पाइन् । नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी झाँक्री पार्टी छाडेपछि पहिलोपटक मन्त्री बनेकी हुन् । विद्यार्थी राजनीतिबाट झाँक्रीको राजनीतिक जीवन सुरु भएको हो । उनले नेकपा एमालेमा हुँदा पार्टी अध्यक्ष एवम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर आलोचना गरेकी थिइन् ।

प्रतिक्रिया