शनिबार, जेठ ४, २०८२

एभरेष्ट बैंक डिबेन्चर २०८६ को बिक्री खुुला

नेपालखोज २०७८ माघ ३ गते १४:०१


काठमाडौं । एभरेष्ट बैंक डिबेन्चर २०८६ को बिक्री खुुल्ला भएको छ । बैंकले ६० प्रतिशत कित्ता व्यक्तिगत तवरबाट तथा ४० प्रतिशत कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट बिक्री गर्ने जनाएको छ ।

बैकका अनुसार आठ बर्ष अवधि तथा बार्षिक आठ दसमलव पाँच प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र एक हजार रुपैयाँं अंकित मुल्यका २० लाख कित्ता हुने जनाएको छ । दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १२ लाखकित्ता ऋणपत्रले हुन आउने आउने कूल एक अर्ब २० करोड ऋण पूँजी रकम व्यक्तिगत तवरबाट विक्री गरिने तथा ४० प्रतिशत अर्थात आठ लाख कित्ता ऋणपत्रले हुन आउने कुल ८० करोड ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार यो ऋणपत्रको निष्काशन माघ तीन गते अर्थात सोमबारबाट खुल्ला भई छिटोमा माघ छ गते बन्द हुने छ । एक सय पाँच वटा शाखा संजाल, प्रादेशिक कार्यालय, एक सय ३८ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दे आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जनाएको छ ।

प्रतिक्रिया