शुक्रबार, वैशाख ७, २०८१

प्रमाणमा आधारित नीति निर्माण गर्न निम्बस र दायित्वबिच सहकार्य

नेपालखोज २०७९ असोज १५ गते ११:४६

काठमाडौं । नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्द्धन गर्न निम्बस र दायित्व बिच साझेदारी भएको छ । देशमा नवप्रर्वतन, सहकार्य र सेवाको भावले एक उद्यमशील नेपाल सृजन गर्न सकिने साझा दुरदृष्टिलाई यस सम्झौताले अझ मजबुद बनाउने विश्वास छ । निम्बस र दायित्वबिच ३० सेप्टेम्बर २०२२ मा हस्ताक्षर गरिएको समझदारी पत्र अनुसार निम्बसले दायित्व नेपाल जन नीति फेलोशिप कार्यक्रम अन्तर्गत २०२३ मा ३ जना फेलोहरुलाई स्पन्सर गर्नेछ ।

सन् २०१३ देखि दायित्वले संघीय, प्रान्तीय र स्थानिय तहमा ७४ सरकारी संस्थाहरु र २४ सांसदहरुसँगको सहकार्यमा नीति अनुसन्धानमा सहयोग पु¥याउन विभिन्न ३० वटा देशबाट प्रशिक्षित कुल एक सय वटा ६४ दायित्व फेलोहरुको ११ वटा समूहलाई परिचालन गरिसकेको छ ।

विश्वव्यापी प्रतिस्पर्धा मार्फत छनोट गरिने रिसर्च फेलोहरुले ३ देखि ६ महिनासम्म सम्बन्धित मन्त्रालयका अधिकारीहरु र विभिन्न नीति तथा अनुसन्धन विज्ञहरुको मेन्टरिङमा, लगानीमा पहुँच, युवा रोजगारी, महिलाको आर्थिक सशक्तिकरण, मूल्य श्रृंखला र शासन सुधार लगायतका विषयवस्तुमा नीतिगत अनुसन्धान गर्नेछन् ।

हस्ताक्षर पश्चात बोल्दै निम्बसका प्रबन्ध निर्देशक आनन्द बगारियाले, दायित्व फेलोसिप जस्ता कार्यक्रमले युवा र सरकार बीचको अर्थपूर्ण कुराकानीको ढोका खोल्छ जसले देशमा अझ प्रगतिशील युवा परिवर्तनहरू ल्याउन सक्छ उनले भने त्यस्तै, दायित्वका संस्थापक तथा अध्यक्ष, डा. पुकार मल्लले भने, दायित्व फेलोसिपले युवा, सरकार र निजी क्षेत्रबीचको सहकार्य र विश्वासलाई सुदृढ गर्दै देशलाई नवप्रवर्तन, सुशासन र आर्थिक समृद्धिको साझा यात्रामा परिचालन गरेको छ ।

एक दशकभन्दा लामो समयको प्रयास र अनुभवहरु मार्फत पोख्त दायित्व फेलोशिप नेपाली युवाहरुका लागि एउटा अतुलनीय अवसर हो । नीति निर्माणको प्रक्रियामा प्रत्येक्ष योगदान पु¥याउनुको साथै फेलोहरुले नेपाल सरकारको नजिक रहेर काम गर्ने सुनौलो अनुभव प्राप्त गर्दछन ।

प्रतिक्रिया