शुक्रबार, वैशाख ७, २०८१

५७औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई ५० प्रतिशत छुट दिँदै राष्ट्रिय वाणिज्य बैंक

नेपालखोज २०७८ माघ ३ गते १५:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औं वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि मोवाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा २०७८ माघ १ गते दखि चैतमसान्तसम्म लागु हुने गरी मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा १०० प्रतिशत छुट गर्ने निर्णय बैंकले गरेको छ । आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी ५७औं वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया