मंगलबार पत्रकार महासंघ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज
नेपालखोज
२०७८ माघ ३ गते १५:३७

काठमाडाैं । नेपाल पत्रकारमहासंघ ललितपुर शाखामा आवद्ध सदस्यलाई मङ्गलबार कोरोनाविरुद्ध बुस्टर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि कोरोनाविरुद्धको तेस्रो खोप दिन लागिएको हो ।
पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयमा भोलि बिहान ९ बजेदेखि लगाउन थालिने शाखाका सचिव रामहरि कार्कीले बताए ।
उनले भने, ‘खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबै सदस्यलाई अनिवार्य साथमा लिएर आउन अनुरोध गरिएको छ ।’ सो खोप लभगग दुई सय पत्रकारले लगाउने अपेछा गरिएको सचिव कार्कीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया