सरकारमा कम्युनिष्ट, प्रतिपक्ष पनि कम्युनिष्ट र सडकमा पनि कम्युनिष्ट : मोहन वैद्य

नेपालखोज २०७८ माघ ३ गते १५:४३

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव एउटै भएको बताएका छन् । आज पार्टी प्रवेश कार्यक्रममा वैद्यले दुवैजनाले शान्तिपूर्ण ढंगले समाजवाद ल्याउन लागेको दाबी गरे ।

क्रान्तिकारी धारमा विचलन ल्याउन प्रचण्ड र विप्लव सक्रिय रहेको उनले आरोप लगाए । उनले भने, ‘नेपाली कम्युनिष्ट आन्दोलनमा अवसरवाद एकदम जमेर बसेको छ । कम्युनिष्टको झण्डालाई,क्रन्तिलाई प्रदुषित तुल्याउँदै अवसारवाद जमेर बसेको छ कम्रेडहरु । नेपाल कम्युनिष्टमय छ । सरकारमा कम्युनिष्ट, प्रतिपक्षमा पनि कम्युनिष्ट बाहिर सडकमा पनि कम्युनिष्ट ।’

प्रचण्ड र विप्लव दुवैजनाले शान्तिपूर्ण माध्यमबाट समाजवाद आउँछ भनेकाले उनीहरुबीचमा फरक नरहेको उनले बताए । उनले भने, ‘प्रचण्डजीले पनि शान्तिपूर्ण तरिकाबाट समाजवाद आउँछ भन्ने । विप्लवजीले पनि जनतमसंग्रहबाट शान्तिपूर्ण समाजवाद आउँछ भन्ने । आखिर प्रचण्ड जी र विप्लवजीको रहेछ के त रु यो कुरा छर्लङ हुँदै गइरहेको छ ।’

उनले कालापानी, लिपुलेक र लिम्यिाधुरामा भारतीय आक्रमण हुँदा कम्युनिष्ट शक्ति नबोलेको आरोप लगाए । उनले दलित, मुस्लिम कसैले पनि अधिकार नपाएको दाबी गरे । उनले ३ करोड जनसंख्यामा झन्डै १ करोड विदेश गएको भन्दै दुखेसो व्यक्त गरे । उनले भने, ‘सरकारप्रति जनताको विश्वास छैन । नेताहरुलाई आफ्नै पार्टीमाथि विश्वास छैन । पार्टी एकताको निम्ति धेरै शक्तिसँग सहकार्य गर्न प्रयत्न गरिरहेका छौं तर हामी सफल हुन सकेका छैनौं ।’

प्रतिक्रिया