चांगन अटो पिक-अप हन्टरको यस्तो छ फिचर

काठमाडौं । चांगन अटोले प्रिमियम पिक(अप हन्टरको बुकिङ खुल्ला गरेको छ । चांगन अटो, चीनको अग्रणी अटोमोबाइल ब्रान्डले आफ्नो प्रिमियम पिक अप हन्तरको ७५.५० लाखको सुरुवाती मुल्यमा बुकिङ खुल्ला गरेको हो ।
कम्पनीका अनुसार ७५.५० लाखको सुरुवाती मुल्य आफ्नो पहिलो ३० ग्राहकमा लागु हुनेछ । हन्टर सबै खालि भूभाग र बाटोको लागि उचित भएको हुनाले नेपाली ग्राहकहरुको लागि सहि रोजाई हुन सक्ने जनाइएको छ । हन्टरमा १.९ टर्बो चार्ज इन्जिन छ जसमा १९१० सी.सीको डीसप्लेसमेन्ट रहेको छ । यसले १५० एच. पी पावर र ३५० एनएम टर्क उत्पादन गर्दछ । यस प्रिमियम पिक.अपको ग्राउन्ड क्लियरेन्स २३० एम.एम हो, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको बताइएको छ । यसले १ टन को पेलोड वजन उठाउन सक्छ ।
हन्टर ६ स्पीड औटोमेटिक गेयर ट्रान्स्मिसन्को साथमा आउने गर्दछ, जसले आँफै नै रोड को कन्डीसन अनुसार गेअर बदल्न मदत गर्दछ । हन्टरको अरु बिशेषताहरु भनेको १० इन्चको एच.डी इन्फोटेनमेन्ट टच स्क्रिन, पुष इन्जीन स्टार्ट बटन, क्रूज कन्ट्रोल, टायर प्रेसर मोनिटरिंग सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, र हिल डिसेन्ट कन्ट्रोल रहेको छ । यसमा आरामदायी पावर अस्सिसटेड सीट पनि रहेको छ । साथै, हन्टरमा स्पोर्ट मोड र इको मोड पनि रहेको छ ।
ग्राहकवर्गले हन्टर सम्बन्धी अरु जानकारी चांगन नेपालको फेसबुक पेज फलो गरेर लिन सक्ने जनाइएको छ । साथै ग्राहकहरुले डब्लुडब्लुडब्लु.चांगन नेपाल डट कममा लगइन गरि हन्टर बुक अनि टेस्ट ड्राइभ पनि बुक गर्न सक्ने जनाइएको छ ।
प्रतिक्रिया