शुक्रबार, वैशाख ७, २०८१

ई-सेवा १४औं वर्षमा प्रवेश

नेपालखोज २०७८ माघ ११ गते १६:१९

काठमाडौं । निजी कम्पनी ‘ई-सेवा’ १३ वर्ष पुरा गरि १४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट डिजिटलरुपमा भुक्तानी सेवा दिँदै आएको ई-सेवाले नगद रहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ ।

यो १३ वर्षको अवधिमा ई-सेवामा प्रत्यक्षरूपमा खाता खोल्नेको संख्या करिब ६० लाख पुगेको छ । बिजुलीको महशुल भुक्तानी इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न इसेवाले सजिलो बनाएको ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

प्रमुख कार्यकारी अधिकृत सापकोटाले विभिन्न सेवाप्रदायक संस्थाको सेवा लिन लाग्ने लाइनलाई धेरैहद सम्म कम गराउन पाएकोमा खुसी ब्यक्त गरेका छन् । नेपाल हस्तलिखित बाट कम्प्युटराइज अनि कम्प्युटराइजबाट डिजिटलाइज हुने चरणमा रहेकोले सबै क्षेत्र यसमा लाग्नु पर्ने उनले बताए ।

नेपाललाई डिजिटल नेपाल बनाउन युवा समूहको महत्वपूर्ण भूमिका रहने भएकोले सरकारका धेरै कार्यक्रम युवामा लैजानुपर्ने आवश्यकता रहेको प्रमुख कार्यकारी अधिकृत सापकोटाले बताए । पाँच लाखको लगानीबाट सुरु भएको कम्पनीका २७ वटा पीएसपी कम्पनीहरु, १० वटा पीएसो कम्पनीहरु र सबै लगानीलाई जम्मा गर्दा खर्बाैंमा पुगिसकेको उनले बताए ।

ई-सेवाले यस वर्षबाट सेक्युरेट फन्ट ट्रान्सफर शुरुवात गरेको छ । आर्थिक कारोबार, विभिन्न सामाजिक सञ्जाल प्रयोग गरेर भ्यरहेको हुन्छ । यस्तो अवस्थामा गलत मनसाय भएका मानिसहरुले पैसा लिने तर आफूले गर्नुपर्ने सामानको डेलिभरी नगर्ने कामहरु पनि भइरहेको हुन्छ । त्यसलाई व्यवस्थापन गर्नका लागि यो सर्भिसको शुरुवात गरिएको होे ।

ई-सेवामा खाता खोल्नेको संख्या ६० लाख पुग्यो

त्यसले कुनै पनि भुक्तानी दिन मान्छेले आफूले सर्भिस नलिँदासम्म त्यो फन्ट ट्रान्सफर हुन्छ तर, पैसा गएको हुँदैन । सामान लिएपछि मात्रै पैसा दिने गरी ट्रान्सफर फन्ट शुरुवात गरिएको छ । यसले बजारबाट राम्रो प्रतिक्रियाहरु पनि आइरहेको उनले बताए । यसले गलत मनसाय भएर कारोबार गर्न खोज्ने मान्छेहरुलाई निरुत्साहित गर्न सहयोग गरिहेको उनले बताए । अर्को अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने गरी ई-सेवाले काम गरिहेको छ ।

जुनसुकै देशमा जानको लागि ई-सेवाबाट अनलाइन हवाई टिकट लिन सकिन्छ । यसरी विभिन्न फरक–फरक सेवाहरु ई-सेवामा ल्याएर सेवाहरु दिइरहेको उनले बताए । बजारको मागलाई ई-सेवामा आवद्ध गराउने काम पनि गरिरहेको उनको भनाई छ ।

त्यस्तै सरकारले गर्ने विभिन्न काममा पनि ई-सेवा जोडिँदै गएको छ । जस्तो ट्राफिक जरिवाना अब ई-सेवाबाट तिर्न सकिन्छ । अर्को वैदेशीक रोजगारीमा जानको लागि श्रम स्वीकृतिको लागि बुझाउनु पर्ने पैसा र इन्स्योरेन्सको प्रिमियम पनि ई-सेवाबाट पेमेन्ट गर्न सकिने बनाइएको छ ।

प्रतिक्रिया