बिहीबार, वैशाख १३, २०८१

प्रदेश २ को नाम अब ‘मधेस’, भयो दुईतिहाइले पारित

नेपालखोज २०७८ माघ ३ गते १८:००

काठमाडौं । प्रदेश २ को नाम मधेस पारित भएको छ । आज भएको प्रदेशसभाको बैठकले मधेस नाम पारित गरेको हो ।

प्रदेशसभामा कुल १०४ सांसद रहेकोमा ९९ जनाले मतदानमा भाग लिएका थिए । निर्वाचनमा ८० मत मधेसको पक्षमा परेको हो । बाँकी १९ मत अन्य नाम राख्न परेको छ । दुई तिहाइबाट प्रदेशको नाम टुंगो लागेको हो । मधेसले नै दुई तिहाइ मत पाएपछि अन्य नाम निष्क्रिय भएको छ ।

सैलेन्द्र यादवले राखेको प्रस्तावमा ८० जनाले मतदान गरे । मधेश प्रदेसको नाम सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी, माओवादी केन्द्र र लोसपाले गरेको थियो । तीन पार्टीको मात्र दुई तिहाइ नपुग्नेमा अन्य पार्टीले पनि सहयोग गरेपछि प्रदेसको नाम मधेस टुंगो लागेको हो ।

प्रतिक्रिया