सत्तारुढ गठबन्धनको बैठक बस्दै
नेपालखोज
२०७८ माघ ४ गते ७:१६

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सत्तारुढ गठबन्धनको बैठक आह्वान गरेका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो भेट गरेपछि प्रधानमन्त्री देउवाले सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बाेलाएका हुन् ।
निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । वैशाखमा चुनाव गर्नको लागि यसै साताभित्र मिति घोषणा गर्नुपर्ने दबाब बढेपछि सत्तारुढ गठबन्धन दल छलफलमा जुट्न लागेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया