बुधबार, वैशाख २६, २०८१

पानीमाथि ९० मिनेट बसेर श्रेष्ठकाे विश्व रेकर्ड

नेपालखोज २०७८ माघ ४ गते १५:१९

काठमाडौं । विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्माशन गरेर नेपाली युवाले विश्व किर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धि कार्यक्रम सञ्चालन गरेर् गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएका हुन् ।

सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्री निवास पुल्चोकमा गरिएको कार्यक्रममा श्रेष्ठलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । मन्त्री गहतराजले वल्र्ड रेकर्ड राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिए ।

सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको सञ्चालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले बताए ।

प्रतिक्रिया