काठमाडौं उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुस, भेला, गोष्ठीलगायत गर्न नपाइने

नेपालखोज २०७८ माघ ४ गते १६:१६

काठमाडाैं । काेरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला, गोष्ठीलगायतमा रोक लगाएका छन् । आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको बैठकले उक्त प्रावधान ल्याएको हो ।

‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्म सञ्चालन नगर्ने’, काठमाडौँ जिल्ला प्रशासनले मंगलबार जारी गरेको आदेशमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले कोरोनाको लक्षण देखिए पाँच दिन क्वारेन्टाइनमा बस्नसमेत आग्रह गरेको छ । उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको छ । मन्दिर दर्शन र पूजाआजामा अस्थायी रोक लगाइएको छ । भौतिक रूपमा उपस्थित गर्नुपर्ने कार्यका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम लागू गरिएको छ ।

प्रतिक्रिया